Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७९ शुक्रवार • ११:१९:१९ बजे
  • 553
    SHARES
  • चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

    तनहुँ । बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ ।

    images

    घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा ११ वर्षीया बीना चेपाङको मृत्यु भएको हो ।

    बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ ।

    गत असारमा पनि बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो । २ जना घाइते भएका थिए ।

    चितुवाको आक्रमणबाट पछिल्लो ५ वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology