Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, ३ जना घाइते

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, ३ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • १२:०३:०६ बजे
  • 553
    SHARES
  • ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, ३ जना घाइते

    मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    images

    बागमती गाउँपालिका- ५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परि बागमती गाउँपालिका- ८ बस्ने वर्ष ५८ को रामबहादुर गोलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

    बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology