Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • १८:१०:३२ बजे
  • 409
    SHARES
  • बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

    बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् ।

    images

    बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाका १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएका १५ वर्षीया गोमा चन्द रहेका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए ।

    तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सँगै गएका थिए । दङ्गीशरण–२ का १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेका थिए । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए ।

    स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुई किशोरी बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology