Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शर्तसहित खुल्यो प्याराग्लाइडिङ

शर्तसहित खुल्यो प्याराग्लाइडिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७९ आइतवार • ०९:१५:३९ बजे
  • 616
    SHARES
  • शर्तसहित खुल्यो प्याराग्लाइडिङ

    नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ ।

    images

    नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो।

    प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो ।

    समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो। सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

    उनले भने, “शुक्रबार नै प्राधिकरणले तोकेको मापदण्ड कार्यान्वयनका लागि आठ विमानस्थल कार्यालयलाई परिपत्र गरेर उडान सुचारु गर्न भनेको छ।

    प्राधिकरणले प्याराग्लाइडिङ सेवा सुचारु गर्न प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र उडान गर्नुपर्ने, उडान भर्ने पाइलटले प्राधिकरणले तोकेको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका पाइलटले मात्र उडान भर्न पाउने, व्यावसायिक उडानमा समान पाइलटले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोशाक लगाउनुपर्ने र उक्त पोशाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्ने भनेको छ ।

    यो समाचार कारोबार दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology