Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगलागीबाट दुई करोडको क्षति

आगलागीबाट दुई करोडको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७९ सोमवार • १०:३५:४३ बजे
  • 502
    SHARES
  • आगलागीबाट दुई करोडको क्षति

    नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट २ करोडभन्दा बढीको क्षति पुगेको छ ।

    images

    ३ वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

    विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगोले हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसल जलेर नष्ट भएको हो ।

    राति पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले ५ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

    आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology