Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७९ बिहिवार • १२:१४:४२ बजे
  • 1.0K
    SHARES
  • धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images

    काठमाडौंबाट सिराहा गइरहेको यात्रुबाहक बसले गल्छीस्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    मोटरसाइकल चालक थाँक्रे गाउँपालिकाका २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार ३४ वर्षीय रमेश लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology