Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फेरियो रानाथारूको तिहार मनाउने शैली

फेरियो रानाथारूको तिहार मनाउने शैली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७९ बिहिवार • १२:१८:२७ बजे
  • 595
    SHARES
  • फेरियो रानाथारूको तिहार मनाउने शैली

    रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन ।

    images

    “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उहाँले भन्नुभयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उहाँका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ ।

    “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उहाँले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताउनुभयो ।

    “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो ।” उहाँले भन्नुभयो–“गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ ।” उहाँले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताउनुभयो ।

    “एक महिना अघिदेखी नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ ।” उहाँले भन्नुभयो–“दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उहाँले बताउनुभयो ।

    यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताउनुभयो । “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले ।”

    उहाँले भन्नुभयो–“राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन पूजा मात्रै गरिन्छ ।” बदलिदो परिवेश संगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन । पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताउनुभयो ।

    “प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन ।” उहाँले भन्नुभयो–“पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालियो ।”

    उहाँले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # तिहार मनाउने शैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology