Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवनमा खुकुरी प्रहार गरी एक युवकको हत्या

चितवनमा खुकुरी प्रहार गरी एक युवकको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७९ शनिवार • ११:०६:०७ बजे
  • 499
    SHARES
  • चितवनमा खुकुरी प्रहार गरी एक युवकको हत्या

    चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएकाे छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेकाे माडी प्रहरीले जनाएको छ ।

    images

    घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ ।

    प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन । अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ । घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए ।

    नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एक युवकको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology