Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अलमुल्ला एक्सचेन्ज कपको उपाधि आयोजक टिम मङ्गाफ एफसीको पोल्टामा 

अलमुल्ला एक्सचेन्ज कपको उपाधि आयोजक टिम मङ्गाफ एफसीको पोल्टामा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७९ शनिवार • १२:३४:३५ बजे
  • 772
    SHARES
  • अलमुल्ला एक्सचेन्ज कपको उपाधि आयोजक टिम मङ्गाफ एफसीको पोल्टामा 

    कुबेत- अलमुल्ला एक्सचेन्ज कपको उपाधि आयोजक टिम माङ्गाफ फुटवल क्लब  (Mangaf FC) ले हात पारेको छ ।

    images

    कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको खेलमा पेनाल्टी सुटमा पुर्वेली टाईगरलाई हराउँदै Mangaf FC ले उपाधिमा कब्जा जमाएको हो ।

    प्रतियोगितामा ९ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिस्पर्धी टिमहरुलाई पराजित गर्दै Mangaf FC र पुर्वेली टाईगर फाईनलमा प्रवेश गरेको थियो । फाईनल खेल दुबै टिम बिच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछी उपाधिको छिनोफानो पेनाल्टी सुटआउट बाट लिइएको थियो । पेनाल्टी सुटमा Mangaf FC क्लबले ५ विरूद्ध ६ गोल गर्दै उपाधि हात पारेको थियो ।

    अलमुल्ला एक्सचेन्ज कुबेतको मुख्य प्रायोजन तथा मंगाफ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता टिम Mangaf FC ले १०१ केडी नगद, ट्रफी,मेडल र प्रमाण पत्र पाएको थियो भने द्वितीय हुने पुर्वेली टाईगरले ५५ केडी नगदी, ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । त्यसैगरी यसै खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फर्वाड, हाइ स्कोरर र रेफ्रीलाई ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो ।

    कार्यक्रम संयोजक नबराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको खेलमा प्रमुख अतिथिको आतिथ्यतामा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा थिए । विशेष अतिथिमा अलमुल्ला एक्सचेन्ज कुबेतको प्रतिनिधी र गैरआवासीय नेपाली संघका आईसिसि सदस्य हरि लावति/ माधव पौडेल थिए भने कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

    खेललाई आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो भने कार्यक्रमलाई एनआरएनए एनसिसि कुवैतका प्रवक्ता केशर घलान तामाङले सञ्चालन गरेका थिए। अलमुल्ला एक्सचेन्जले केही उपहार पनि प्रदान गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology