गायक तथा सर्जक मनोज केसीको ‘बस है माया’ सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको शब्द केसी आफैले लेखेका हुन भने संगीत राम कुमार गुरुङको रहेको छ । गीतमा मनोज केसी, राम कुमार गुरुङ, जुना श्रिष मगर र स्मृति शाहिको संयुक्त आवाज रहेको छ । दीपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सेखर घर्ती मगर, दिपक कार्की, चाहाना राना मगर र लक्ष्मी गुरुङले अभिनय गरेका छन् ।
परदेशमा रहेर कार्यव्यस्तताको बाबजुद पनि केसी नेपाली लोक, कला र संस्कृति प्रति समर्पित भईरहेका छन । केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्। रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसी भलिबल खेलाडी समेत हुन । केसी जापानका विभिन्न सङघ सस्थामा आबध्द छन ।
उनले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत पारखीलाई भरपूर मनोरञ्जन दिदै आएका छन ।
गीतको म्युजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ।