Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नवलपुर दुर्घटना : मृतक पाँचै जनाको सनाखत

नवलपुर दुर्घटना : मृतक पाँचै जनाको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • १०:१५:५६ बजे
  • 679
    SHARES
  • नवलपुर दुर्घटना : मृतक पाँचै जनाको सनाखत

    पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

    images

    पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

    उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।दुर्घटनामा २९ जना घाइते भएका छन् ।

    घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पाँचै जनाको सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology