Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर १०२ पत्रकारमा कोरोना संक्रमण

देशभर १०२ पत्रकारमा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७७ सोमवार • १६:०४:११ बजे
  • 724
    SHARES
  • देशभर १०२ पत्रकारमा कोरोना संक्रमण

    नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १सय २ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

    images
     

    महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश नम्बर १ मा १७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए । संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ ।

    कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ । महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेसनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए ।

    महासंघले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology