Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जातीय विभेद गर्नेलाई अदालतद्धारा ३ महिना कैद र ५० हजार जरिवाना

जातीय विभेद गर्नेलाई अदालतद्धारा ३ महिना कैद र ५० हजार जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७७ सोमवार • १७:२२:४५ बजे
  • 1.3K
    SHARES
  • जातीय विभेद गर्नेलाई अदालतद्धारा ३ महिना कैद र ५० हजार जरिवाना

    केही महिनाअघि फोक्सिङका श्यामबहादुर नेपाली आफ्नो हजुरआमाको मृत्यु भएपछि शव दाहसंस्कार गरी र्फकने क्रममा ठूलो हावाहुरी, असिनापानी परेपछि बाटोमा बनाउँदै गरेको नेत्रबहादुर काउछाको घरमा ओत लागेका थिए ।

    images

    उनको साथमा रहेका अरु घरभित्र नै ओत लागे पनि श्याम भने पिँढीको छेउमा ओत लागेका थिए । त्यसै क्रममा दलितले ठूलो जातको घर छोएको र घरभित्र पसेको भन्दै श्याम र उनका बुवा धनबहादुरमाथि हालपात नै भएको थियो ।

    भोलिपल्ट स्थानीय भेला भई श्यामलाई १५ सय जरिवाना गरी काउछाको घर चोख्याएका थिए । उक्त घटना सार्वजनिक भएपछि चर्को आलोचना र विरोध भयो ।

    त्यसपछि काउछाविरुद्ध जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय, ऐनअनुसार जाहेरी दर्ता भएको थियो । मुद्दा दर्ता भएको करिब २ महिनापछि जिल्ला अदालत गुल्मीले फैसला सुनाएको छ ।


    गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा भएको जातीय विभेद मुद्दाको जिल्ला अदालत गुल्मीले ३ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको छ ।

    छुवाछुत र जातीय विभेदको जाहेरी दर्ता भएको करिब २ महिनापछि जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कालीगण्डकी गाउँपालिका-५ फोक्सिङ नुनथलाका नेत्रबहादुर काउछाविरुद्ध उक्त फैसला गरेको हो ।

    साथै फोक्सिङ देउरालीकै पीडित श्यामबहादुर नेपालीले १० हजार क्षतिपूर्ति पाउने फैसला भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology