Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्वेता खड्कालाई पुत्रीलाभ

श्वेता खड्कालाई पुत्रीलाभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७९ मंगलवार • १७:२३:२६ बजे
  • 715
    SHARES
  • श्वेता खड्कालाई पुत्रीलाभ

    अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।

    images

    मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।

     श्वेताले आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् ।

    उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।

    केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology