Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आफ्नै आमाको हत्या गरेको अभियोगमा जयबहादुर पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा जयबहादुर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७९ शुक्रवार • १३:२०:०२ बजे
  • 265
    SHARES
  • आफ्नै आमाको हत्या गरेको अभियोगमा जयबहादुर पक्राउ

    आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जयबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    आफ्नै डेरा कोठामा जयबहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    यस्तै, काभ्रे, धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडा गाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् ।

    बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जयबहादुर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology