Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकलको ठक्करबाट परराष्ट्रका अधिकृत आस्था सुब्बाको मृत्यु

मोटरसाइकलको ठक्करबाट परराष्ट्रका अधिकृत आस्था सुब्बाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७९ शुक्रवार • १३:२९:४८ बजे
  • 364
    SHARES
  • मोटरसाइकलको ठक्करबाट परराष्ट्रका अधिकृत आस्था सुब्बाको मृत्यु

    परराष्ट्र मन्त्रालयका अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

    images

    बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल उनलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीया आस्थाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

    पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

    आस्था परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology