Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंमा आतंक मच्चाउने समूह समातियो

काठमाडौंमा आतंक मच्चाउने समूह समातियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७९ शुक्रवार • १३:३७:२८ बजे
  • 559
    SHARES
  • काठमाडौंमा आतंक मच्चाउने समूह समातियो

    काठमाडौैंका विभिन्न स्थानमा चोरी र लुटपाटको आतंक मच्चाउने समूह पक्राउ परेको छ ।

    images

    बौद्ध क्षेत्रमा डकैती समेत गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी घर भई हाल गोकर्णेश्वर बस्ने जिमी लामा, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने दीर्घ लामा र सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने बाबु तामाङ छन् । उनीहरु तिनै जना पटके अपराधी भएको र विगतमा जेल बसेर छुटेका हुन् ।

    जिमी चोरी मुद्दामै ६ वर्ष ११ महिना जेल बसेका थिए । त्यस्तै दीर्घ २ वर्ष तथा बाबु १ वर्ष ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको काठमाडौं परिसरले जनाएको छ ।

    उनीहरुले केहीदिनअघि नारायणटार बस्ने वर्ष ५४ की महिलाको साथमा रहेको झोला लुटपाट गरी झोलामा रहेको सुनको झुम्का, तिलहरी र नगद १५ हजार लुटेका थिए ।

    गोकर्णेश्वर–८ स्थित १ जना पुरुषको घरबाट बिभिन्न सुनका गरगहना ७ तोला र नगद १० लाख समेत लुटपाट गरी फरार भएका थिए । बौद्ध वृत्तका डिएसपी हरि बहादुर बस्नेतकै कमाण्डको प्रहरीले उनीहरुलाई थलीबाट पक्राउ गरेको हो ।

    उनीहरुबाट घर फुटाउन प्रयोग गर्ने फलामको रड, मोटरसाइकल बरामद गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology