Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फोर्ब्सका अनुसार लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी

फोर्ब्सका अनुसार लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १०:३४:४५ बजे
  • 2.4K
    SHARES
  • फोर्ब्सका अनुसार  लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी
    लन्डन - बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

    यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

    यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

    सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

    १. लियोनल मेसी– १२ करोड ६० लाख डलर

    २. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

    ३. नेयमार– ९ करोड ६० लाख डलर

    ४. केलियन एमबापे– ४ करोड २० लाख डलर

    ५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

    ६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

    ७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

    ८. गेराथ बेल– २ करोड ९० लाख डलर

    ९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

    १०. डेभिड डि गेया– २ करोड ७० लाख डलर

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology