Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनका राष्ट्रपति सीले सेनालाई भने- युद्धको लागि तयार रहनुहोस्

चीनका राष्ट्रपति सीले सेनालाई भने- युद्धको लागि तयार रहनुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १०:४३:१९ बजे
  • 886
    SHARES
  • चीनका राष्ट्रपति सीले सेनालाई भने- युद्धको लागि तयार रहनुहोस्

    बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् ।

    images

    उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन् ।

    ६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन् ।

    पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने पार्टीका संस्थापक माओत्सेतुङपछि सी एक मात्र नेता हुन् जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा छन् ।

    जबकि उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए । मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षण गरे ।

    कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology