Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा

रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • ०९:५१:५४ बजे
  • 628
    SHARES
  • रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा

    एजेन्सी । पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप–२०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।
    प्रशिक्षक फर्नान्डो सान्तोषले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

    images

    २६ सदस्यीय टोलीमा रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस लगायतका खेलाडी छन् ।
    ३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन् । घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् ।

    समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप खेल्नेछ । यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

     

    पोर्चुगल टोली

    गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा

    रक्षकः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा

    मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा

    स्ट्राइकर– जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा

  • सम्बन्धित विषय:

  • # पोर्चुगलको टोली घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology