Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धको भ्याक्सिन

चीनमा नोभेम्बरदेखि कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई दिने

चीनमा नोभेम्बरदेखि कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १२:३०:५१ बजे
  • 1.0K
    SHARES
  • चीनमा नोभेम्बरदेखि कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई दिने

    एजेन्सी । चीनले नोभेम्बरदेखि आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको भ्याक्सिन दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रले आफ्ना नागरिकका लागि नोभेम्बरदेखि भ्याक्सिन दिन थाल्ने जनाएको छ । अहिले अत्यावश्यक क्षेत्रका नागरिकका लागि भ्याक्सिन दिइएको छ । जुलाइ २२ तारेखदेखि चीनले अत्यावश्यक क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरेको थियो ।

    images
     

    चीनको सिडिसीका प्रमुख जैविक सुरक्षा विशेषज्ञ डा.वु गुइजेनले चीनले कोरोनाविरुद्धको भ्याक्सिनमा चीनले ठूलो सफलता प्राप्त गरेको बताएका छन् । उनले खोपको अनुसन्धान र विकासमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । अहिले संसारभर तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका कोरोनाविरुद्धका ९ वटा भ्याक्सिनमध्ये ५ वटा चिनियाँ कम्पनीका रहेका छन् ।

    सिडिसी प्रमुख गुइजेनले भनेका छन्, 'हामीले नोभेम्बरदेखि खोपलाई आम मानिसका लागि दिन थाल्नेछौँ । ढिलो भएमा पनि डिसेम्बरको सुरुवातमा हामीले खोप दिनेगरी सबै तयारी पूरा गरेका छौँ । क्लिनिकल परीक्षणहरु सबै सफलताको नजिक पुगेका छन् । हामी सबैभन्दा अगाडि बढ्ने छौँ ।'

    डा. गुइजेनले पनि अप्रिल महिनामा एक स्वयंम् सेवकको रुपमा खोप लगाएका थिए । उनी भन्छन्, 'मलाई अप्रिल महिनामा एउटा स्वयंम् सेवकको रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको थियो । मेरो स्वास्थ्य राम्रो छ । यो खोपले ३ वर्षसम्म प्रभावकारीरुपमा काम गर्छ ।'

    ग्लोबल टाइम्सका अनुसार केन्द्रीय स्वास्थ्य आयोग र मातहतका विभिन्न निकायले अहिले भ्याक्सिनका अध्ययन गरिरहेका छन् । डा. गुइजेन भन्छन्, 'कोरोना भाइरस उच्च जोखिमयुक्त भाइरस हो । कोरोनाविरुद्धको भ्याक्सिन पनि नकरात्मक वातावरणमा उत्पादन गर्न आवश्यक हुन्छ । अहिले विभिन्न विषयमा गहन अध्ययन तथा कार्यशालाहरु भइरहेका छन् । समीक्षा सकिएपछि अनुमोदन हुनुपर्छ । अहिलेसम्म भएका मूल्याङ्कन सफलतातर्फ छन् । तेस्रो चरणको परीक्षणपछि हामी जनतालाई ढुक्कले कोरोनाविरुद्धको भ्याक्सिन दिन सक्षम हुनेछौँ ।'

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology