Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:२३:३८ बजे
  • 706
    SHARES
  • राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल

    नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।

    images

    क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो ।

    हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् । रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

    रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० खेलमा डेब्यु गरेका थिए । उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी २० खेलमा दुई सय २० रन जोडेका छन् ।

    रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # कप्तानमा रोहित पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology