Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नदीले बगाउँदा एक पुरुषको मृत्यु

नदीले बगाउँदा एक पुरुषको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १४:४९:०८ बजे
  • 625
    SHARES
  • नदीले बगाउँदा एक पुरुषको मृत्यु

    तनहुँमा नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

    images

    शनिबार दिउँसो ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा डुबेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो ।

    पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्याएको र तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो ।

    उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # एक पुरुषको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology