Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन गर्‍यो ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज ?

किन गर्‍यो ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १०:५९:२९ बजे
  • 652
    SHARES
  • किन गर्‍यो ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज ?

    ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम तत्कालका लागि खारेज गरेको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि एलन मस्ककाे उक्त निर्णय शुक्रबारदेखि खारेज भएको हो ।

    images

    मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

    पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे ।

    आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुरेको थियो । केवल एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् ।

    ट्वीटरमा कारोबार गर्ने यस्ता विज्ञापनदाताहरू जो यसअघि नै आफ्नो कारोबार रोकेर स्थितिको मूल्यांकन गरिरहेका छन्, उनीहरूका लागि फर्जी खाता ठूलो झट्का हुन सक्दछ । ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो ।

    उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो । तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थाले । ट्वीटरले पनि आफ्नो एल्गोरिदमका माध्यमबाट गलत मानिसहरुको पहिचान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology