Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १५:५४:२७ बजे
  • 1.6K
    SHARES
  • फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले  पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

    पोखरा- फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।

    ‘लकडाउन हटाउा, जनजीवन सामान्य बनाउा’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढु·ामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए ।

    ६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, सामाजिक दुरी जस्ता प्रयोगहरुले मानिसहरुलाई अनावश्यकरुपमा भयभीत पार्ने र तिनको मनोवैज्ञानिक असरहरुबाट अब हाम्रो समाजलाई मुक्त गरी हाम्रो आफ्नै प्राकृतिक  चिकित्सा पद्घतिहरुको संवद्र्घन गरी जनजीवन सामान्य गर्नका लागि दवाव दिन प्रदर्शन गरिन लागेको कायस्थले जानकारी दिए ।

    फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालल प्रदर्शनलाई सफल बनाउनका लागि सरकारी तथा विभिन्न संघ संस्थामा ध्यानकर्षण पत्र समेत वुझाइसकेको छ ।

    संस्थाले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगर पालिका, पोखरा उद्योग वाणिज्य संघ लागयतका पोखरामा रहेका व्यवसायिक संघ संस्था,शैक्षिक, खेलकुद तथा धार्मिक एवम् सांस्कृति संघ संस्थामा प्रदर्शन गर्ने उद्देश्यको वारेमा जानकारी गराएको संयोजक कायस्थले जानकारी दिए ।

    ‘पूर्ण रुपमा लकडाउन हटाइ जनजीविका सामन्य वनाउने उद्देश्यले नै हामीले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका हौं’ कायस्थले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागि भई पूर्ण रुपमा लकडाउन हटाउन दावव दिन सवैलाई सहभागि हुन अनुरोध गर्दछु ।’

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology