Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १९:२२:२८ बजे
  • 916
    SHARES
  • इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि

    एजेन्सी । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले दोस्रोपल्ट विश्वकप हो ।

    images

    इंग्ल्याण्डले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

    इङ्ल्यान्डका लागि वेन स्टोक्स ५२ रनको योगदान गरे । जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

    पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे ।

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकपको उपाधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology