Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले कार्यकर्ताले गरे माओवादी कार्यकर्तामाथि रड प्रहार, अवस्था गम्भीर

एमाले कार्यकर्ताले गरे माओवादी कार्यकर्तामाथि रड प्रहार, अवस्था गम्भीर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १९:३५:२६ बजे
  • 490
    SHARES
  • एमाले कार्यकर्ताले गरे माओवादी कार्यकर्तामाथि रड प्रहार, अवस्था गम्भीर

    दार्चुला । एमाले नेता गणेश ठगुन्नाको चुनावी क्षेत्रमा माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्।

    images

    चुनावी अभियानको क्रममा रहेका माओवादी केन्द्रका नेता जयभान सिंह धामीलाई नेकपा (एमाले) का कार्यकर्ताले रड प्रहार गरेका छन्। दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणबाट नेता जयभान सिंह धामी गम्भीर घाइते भएका हुन्।

    रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका धामीलाई जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको छ।

    नेकपा (माओवादी केन्द्र) दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयभान सिंह धामी निर्वाचन अभियानको क्रममा बिहानको खाना खाएर कार्यक्रममा निस्कने क्रममा रहेको बेला दार्चुलाको नौगाडमा ५० जनाको समुहमा आएका एमालेका नेता कार्यकर्ताले रडले साङ्घातिक प्रहार गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए।

    रडले धामीको टाउकोमा गहिरो चोट लागेको र उनको अहिलेसम्म होस नखुलेको भट्टले बताए। स्वस्थ प्रतिस्पर्धाबाट एमाले डराएको हुँदा उम्मेदवार गणेश ठगुन्नाले धामीमाथि आक्रमण गर्न लगाएको नेता भट्टको भनाई छ।

    रड प्रहारबाट बेहोस भएपछि आक्रमणकारीहरुले उनलाई बेहोस अवस्थामा छाडेर हिडेको एक स्थानीयले बताए। आक्रमणबाट गम्भीर घाइते बनेका धामीलाई देखेपछि स्थानीयले माओवादी केन्द्रको कार्यकर्तालाई खबर गरेका थिए। उनलाई दार्चुलामा सामान्य उपचारपछि अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ।

     

    यसैबीच आफूहरुले हार्ने निश्चित भएपछि पराजित मानसिकताले अत्तालिएको एमालेले भाडाका गुण्डा र कार्यकर्ता प्रयोग गरी आक्रमण गरेको माओवादी केन्द्रले जनाएको छ।

    त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धन दार्चुलाले घटनाको भत्सना गर्दै दोषीमाथि कारबाही तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

  • सम्बन्धित विषय:

  • # अवस्था गम्भीर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology