Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७९ मंगलवार • १४:४२:५८ बजे
  • 646
    SHARES
  • सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

    सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images

    विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।

    निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

    सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology