Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १०:३०:३३ बजे
  • 832
    SHARES
  • नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

    सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ ।

    images

    नयाँ लाइसेन्स वितरणविरुद्ध परेको रिटमाथि मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले सुनुवाइ गर्दै नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको हो ।

    पूँजीबजारको थप विकास र विस्तारका लागि भन्दै बोर्डले असोज २ गते एक सूचना जारी गरी एक स्टक एक्सचेञ्ज, दुई कमोडिटी एक्सचेञ्ज र संख्या नतोकी ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

    नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा रीट दायर गरेका थिए ।

    मिश्रको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले लाइसेन्स वितरणको प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिएको थियो ।

    यो खबर आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology