Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ग्यास ट्यांकी विस्फोट हुँदा ११ जनाको मृत्यु, १३ घाइते

ग्यास ट्यांकी विस्फोट हुँदा ११ जनाको मृत्यु, १३ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७९ शुक्रवार • २०:३२:२७ बजे
  • 484
    SHARES
  • ग्यास ट्यांकी विस्फोट हुँदा ११ जनाको मृत्यु, १३ घाइते

    एजेन्सी । इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्यांकी विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

    images

    गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्यांकीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो ।

    उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको बताएका छन् । हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ ।

    अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनको लागि सार्वजनिक शोकको घोषणा पनि गरेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology