Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७९ शुक्रवार • २०:४९:२७ बजे
  • 352
    SHARES
  • नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ

    नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

    images

    उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

    उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology