Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु भेटियाे

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु भेटियाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७९ शनिवार • ०९:५७:४३ बजे
  • 460
    SHARES
  • चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु भेटियाे

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् ।

    निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।

    यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology