Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७९ शनिवार • ११:३७:१६ बजे
  • 685
    SHARES
  • मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

    डोटीको जोरायल-३ मा एक जना पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका -३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए ।

    images

    इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ । मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्केका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology