Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फुटबलको महाकुम्भ मेला आजदेखि कतारमा सुरु हुँदै

फुटबलको महाकुम्भ मेला आजदेखि कतारमा सुरु हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • ०९:४७:११ बजे
  • 628
    SHARES
  • फुटबलको महाकुम्भ मेला आजदेखि कतारमा सुरु हुँदै

    विश्वका चर्चित खेलाडीहरुको प्रतिस्पर्धाका रुपमा रहने फुटबलको महाकुम्भ मेला अर्थात् फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै छ ।

    images

    चार वर्षको प्रतीक्षापछि हुन लागेको यो प्रतियोगितामा विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडीहरु सहभागी हुँदै छन् । आज आइतबार विश्वकप आयोजक राष्ट्र कतारले इक्वेडरसँग पहिलो खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्दैछ । यो विश्वकप फुटबलको हालसम्मको २२औँ संस्करण हो ।

    यस विश्वकपका लागि उत्कृष्ट रुपमा छनौट भएका ३२ राष्ट्रका खेलाडीहरु कतारमा भेला हुँदैछन्, उनीहरुबीच विभिन्न चरणमा खेल प्रतिस्पर्धा हुनेछ ।

    कतारले एक दशकअघि देखि नै यो विश्वकपको आयोजनाको तयारी थालेको थियो । मध्यपूर्वी क्षेत्रको अरब देशमा आयोजना भएको यो नै पहिलो विश्वकप फुटबल हो ।

    सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएको थियो । त्यसको ७ दशकपछि अरब देशमा कतारले विश्वकपको आयोजना गरेर इतिहास रचेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा फिफा विश्वकपको आयोजना गरेका थिए । त्यसयता एसिया महादेशमा हुन लागेको यो नै दोस्रो विश्वकप हो । यो विश्वकप करिब एक महिनाभर चल्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology