Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कार्यकर्ताको हत्यापछि बाजुरामा अनेरास्ववियुकाे आन्दोलन

कार्यकर्ताको हत्यापछि बाजुरामा अनेरास्ववियुकाे आन्दोलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १३:०६:२४ बजे
  • 397
    SHARES
  • कार्यकर्ताको हत्यापछि बाजुरामा अनेरास्ववियुकाे आन्दोलन

    नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्ना कार्यकर्ता हत्याको घटनालाई लिएर आन्दोलन सुरु गरेको छ ।

    images

    अनेरास्ववियुले केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको विषयलाई लिएर बाजुराको सदरमुकाम मार्तडी बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन समेत गरेको छ ।

    आइतबार त्रिवेणी नगरपालिका–७ मा मतदानका क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर कांग्रेसका कार्यकर्ताको मृत्यु भएको थियो ।

    सोही घटनापछि उत्पन्न विवादले उग्र रुप लिँदा आइतबार राति नै अनेरास्ववियुका नेता ऐडीको घरभित्रै सुतिरहेका बेला हत्या भएको थियो ।

    उनको मृत्युपछि अनेरास्ववियुले बाजुरासँगै अछाममा समेत आन्दोलन थालेको छ । सम्भावित थप घटना हुन नदिन भन्दै प्रशासनले सदरमुकाममा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

    नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology