Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • ०९:५५:२९ बजे
  • 487
    SHARES
  • गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

    गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    ठुलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप गएराति २ बजे समयमा एक्कासी ब्रेक फेल भइ सडकबाट २ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ज्वाङ खैरेनी ईलाका प्रहरी कार्यालय बाट प्रहरीको टोली अहिले घटनास्थल जाँदै छ । ईलाका प्रहरी कार्यालयबाट घटनास्थल ३२ किलोमिटर टाढा रहेको छ । रातिको समयमा दुर्घटना भएकाले उद्दारमा समस्या भएको थियो ।

    दुर्घटना भएको आज बिहान मात्र स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # गुल्मीमा जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology