Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाँउलेले उजुरी दिन रोके पछि सामुहिक बलात्कारमा परेकी किशोरीद्धारा आत्महत्या

गाँउलेले उजुरी दिन रोके पछि सामुहिक बलात्कारमा परेकी किशोरीद्धारा आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १०:४९:०९ बजे
  • 5.5K
    SHARES
  • गाँउलेले उजुरी दिन रोके पछि सामुहिक बलात्कारमा परेकी किशोरीद्धारा आत्महत्या
    सोमबार खेतमा पानी हाल्न गएका बेला चार जनाको समुहले धानखेतमै बलात्कार गरेर पीडित बनेकी किशोरीले पञ्चायतीका नाममा प्रहरीमा जाहेरी दिन रोके पछि उनले आत्महत्या गरेकी छन् ।

    १७ बर्षे संगीता मण्डलले सो पीडामा आत्महत्या गरेकी हुन् । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताले आत्महत्या गरे पछि चार आरोपी भागिसकेको खबर छ । बलात्कारमा संलग्न भनिएका आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन्।

    पीडितलाई प्रहरी कार्यालय जान रोक लगाएको आरोपमा चार पञ्चलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ। उनीहरूले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए। उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

    किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन्। हातका चुरा फुटेका थिए। कपाल पूरै फुकेको थियो। धेरै बेरसम्म एकनास रोइरहिन्। चार जनाबाट आफू बलात्कृत भएको सुनाए पछि उनी बेहोस् भएकी थिईन् । धानखेतमा उनलाई मुख थुनेर लडाएर जबरजस्ती बलात्कार गरीसकेर पीडितलाई खेतमै छाडेर चार जना भागेका थिए ।

    उनी उठेर घर पुगेर आमालाई सुनाए पछि आमाले गाँउलेहरु भेला पारेका थिए । तर गाँउलेहरुले पञ्चायतीका नाममा उजुरी हाल्न नदिए पछि पीडित युवतीले आत्महत्या गरिन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology