सनसाइन इङ्लिस बोर्डिङ स्कुल बरंजाले आयोजना गरेको 'सनसाइन फुटबल कप २०७९' को उपाधि माउन्ट एभरेष्ट बेनीले हात पारेको छ । मंगला मा.वि लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै माउन्टले उपाधि हात पारेको हो ।
सनसाइन इङ्लिस बोर्डिङ स्कुल बरंजाले मंसिर ८ गतेका दिन देखि सुरु गरेको निम्न माध्यमिक विद्यालय स्तरीय ( ६ ए साइड) फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । माउन्ट एभरेष्टले लिटल गार्डेन एकेडेमीलाई पेनाल्टीमा ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै फाईनलमा पुगेको थियो । त्यसैगरी मंगला मा.वि ले केबी एकेडेमीलाई पेनाल्टीमा १ का बिरुद्ध २ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
माउन्ट एभरेष्ट बेनीले प्रथम पुरस्कार नगद २० हजार, ट्रफी, प्रमाणपत्र र मेडल हात परेको छ भने मंगला मा.वि ले द्वितीय पुरस्कार नगद १० हजार , ट्रफी , प्रमाणपत्र र मेडल हात पारेको छ ।
त्यसैगरी खेलमा बेष्ट गोल रक्षक माउन्ट एभरेष्टका सफल केसी, बेष्ट डिफेन्डर माउन्ट एभरेष्टका रबिन किसान, हाइ स्कोरर माउन्ट एभरेष्टका सनम बिक र उत्कृष्ट खेलाडी केबी एकेडेमीका देभित पुनलाई ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न सहयोगीदाता, पत्रकार लगायतलाई पनि सम्मान गरिएको थियो