Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • ०९:३३:२६ बजे
  • 985
    SHARES
  • मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

    कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

    images

    लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ बनाउन सकेन । तर दोस्रो हाफमा मेसी चम्केपछि अर्जेन्टिना विजयी भयो ।

    खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा मेसीकै वासमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो ।

    पहिलो जितपछि अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लेको छ । एक जित र बराबरीबाट ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा छ । साउदी अरेबिया ३ अंकसहित तेस्रो र १ अंक रहेको मेक्सिको चौथो स्थानमा छ ।

    अब अर्जेन्टिनाले अन्तिम खेलमा पोल्याण्डसँग खेल्नेछ र अन्तिम १६ मा पुग्न पोल्याण्डलाई पनि हराउनुपर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology