Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • १४:०५:२५ बजे
  • 676
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

    images

    घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

    कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको बताए ।

    घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कार्यालयमा आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology