Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • १७:३९:५६ बजे
  • 685
    SHARES
  • खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

    काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

    images

    खुकुरी, हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

    आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र)विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

    उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology