Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुकुम्बासी र प्रहरीबीच झडप, प्रहरी प्रमुखसहित १४ जना घाइते

सुकुम्बासी र प्रहरीबीच झडप, प्रहरी प्रमुखसहित १४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • १७:४२:०० बजे
  • 718
    SHARES
  • सुकुम्बासी र प्रहरीबीच झडप, प्रहरी प्रमुखसहित १४ जना घाइते

    थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीय र महानगर प्रहरीबीच झडप परेको छ ।

    images

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।

    स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

    घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology