Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

स्रोत नखुलेको लाखौं रूपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको लाखौं रूपैयाँसहित २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७९ बिहिवार • ०९:३२:५२ बजे
  • 376
    SHARES
  • स्रोत नखुलेको लाखौं रूपैयाँसहित २ जना पक्राउ

    रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।

    images

    सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले बताएका छन ।

    उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय स्रोत नखुलेको रुपैयाँ बरामद भएको एसपी कार्कीले जानकारी दिएका छन् ।

    बरामद रूपैयाँ, उनिहरुले प्रयोग गरेको प्रदेश ३(०२(०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology