Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल हुने

विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १३:०१:१८ बजे
  • 754
    SHARES
  • विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल हुने

    कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको खेल आज बाट हुदैछ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो ।

    images

    अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।

    अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन्।

    समूह ‘बी’ बाट इङ्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता रपोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता, समूह ‘ई’ बाट जापानविजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

    त्यस्तै समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता रस्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दैनकआउट चरणमा प्रवेश गरेका छन् ।  

    अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथाइङ्ल्यान्ड र सेनेगल भिड्ने छन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया रब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology