Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोल्पाको माडीखोलामा जीप खस्दा चालकको घटनास्थलमै मृत्यु

रोल्पाको माडीखोलामा जीप खस्दा चालकको घटनास्थलमै मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १५:२७:१० बजे
  • 3.7K
    SHARES
  • रोल्पाको माडीखोलामा जीप खस्दा चालकको घटनास्थलमै मृत्यु

    रोल्पा सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकदद्ध जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

    images

    प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जीप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो ।

    उक्त जीप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।

    जीप अनियन्त्रित भएर खोलामा खस्दा जीपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो ।

    उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ ।

    जीप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे ।

    सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुनेमध्येका रहेको बताए । घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology