Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रघुगङ्गा गाँउपालिका-४ दग्नाममा पहिरोका कारण आठ घर परिवार बिस्थापित

रघुगङ्गा गाँउपालिका-४ दग्नाममा पहिरोका कारण आठ घर परिवार बिस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १६:२२:२७ बजे
  • 1.7K
    SHARES
  • रघुगङ्गा गाँउपालिका-४ दग्नाममा पहिरोका कारण आठ घर परिवार बिस्थापित

     रघुगङ्गा गाँउपालिका-४ दग्नाममा पहिरोका कारण आठ घर परिवार बिस्थापित भएका छन् । पहिरो सक्रीय भएपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार बिस्थापित भएका हुन् । पहिरोका कारण जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन् । जोखिममा रहेका घरपरिवारलाई मंगलबार सुरक्षित ठाउँमा सारिएको जनता माविका प्रअ गुन पुनले जानकारी दिए । स्थानीयवासी, युवा क्लव, आमा समूहले घरभित्र रहेका सामान सार्न सहयोग गरेका थिए ।

    images
     

    बिस्थापित हुनेमा गैरीगाउँका एकबहादुर गर्बुजा, छबहादुर गर्बुजा, रमाया गर्बुजा र रेशम गर्बुजाका परिवार छन् । टोयका मबहादुर गर्बुजा, तुलबहादुर पुन, माझिगाउँका तुलबहादुर बिक र गङ्गा गर्बुजाको परिवार पनि बिस्थापित भएका छन् । भिरालो पाखोमा अवस्थित दग्नाम गाउँको मुनी र माथि दर्जनौं ठाउँमा जमिन चर्कीनुका साथै खेतबारीका गाह्रो भत्किएका छन् । केही दिनअघि दग्नामकै राम्कुलीबोटमा गएको पहिरोबाट दश घर जोखिममा परेका छन् ।

    कृष्ण गर्बुजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्मर गर्बुजा, खड्ग गर्बुजा, खबिर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिंह गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेका छन् । दग्नामदेखि दर्मीजातर्फ जाने सडक पहिरोले पुरेको छ । आठ वटा विद्युत्का पोलमा क्षति पुगेको छ । देउमान गर्बुजाको गोठमा ढुङ्गामाटो थुप्रिएको छ । यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा लगायतको खेतबारी पुरेको छ । प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेकाको ब्यवस्थापन, पहिरोको थप जोखिमको अध्ययनसँगै नियन्त्रणको पहल गरिने गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology