Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १५:५५:१३ बजे
  • 643
    SHARES
  • दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

    शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो । दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको थियो । स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो ।

    images

    अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो । घर फर्किएकोमध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे वीरेन्द्रबजारमा दुर्घटनामा पर्‍यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो भने ९ जना घाइते भएका छन् ।

    जसमा ४ जना बेहुलाका आफन्त र एक जना गाडी चालक रहेका छन् । यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् । विवाह घरमा सन्नाटा छाएको छ । ‘दुलही पनि भित्र्याउन पाएको छैन ।

    दुर्घटनाले हाम्रो परिवारमा अकल्पनीय क्षति भएको छ । परिवार गाउँ आफन्त सबै शोकमग्न भयो’ दुलाहाका काका देवु साहले भने । घाइतेहरुको उपचार भइरहेको प्रादेशिक अस्पताल जनकपुरमा आफन्तहरुके रुवाबासी छ । ‘कहाँ छ मेरो नाति ? कहाँ छिन् मेरी छोरी ? …’ महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाकी ६४ वर्षीया शोभा साह विलाप गरिरहेकी छन् 

    शोभा छोरी र नातिनीलाई हेर्न चाहन्थिन् । साथमा रहेका आफन्त उनलाई रोक्थे, सान्त्वना दिन्थे । छोरा नाति सकुशल छन्, उपचार हुँदैछ भनेर । जन्ती बोकेको भ्यान दुर्घटनामा हुँदा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाहीकी रुवीकुमारी साह र नाति ११ वर्षीय यशकुमार साहको मृत्यु भएको थियो । यशकुमार शोभाका छोरा रुपेशका छोरा हुन् ।

    दिदी रुवी र छोरा यशकुमारको मृत्युले रुपेश गम्भीर पीडामा छन् । उनकी श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते छिन् । रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सकेका छैैनन् । उनका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली र सिर्जना कान्छी छोरी हुन् ।

    दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ । घाइते ९ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology