Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७९ बुधवार • १४:२८:५७ बजे
  • 1.5K
    SHARES
  • बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

    बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ ।

    images

    भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लाग्नुभएको थियो । डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल परिएको प्रहरीको भनाई छ ।

    पुरिएको एकण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो ।

    बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित हुनुहुन्थ्यो । वरुवालको निधनको खबरले घार गाउँ शोकमा ढुबेको छ ।

  • सम्बन्धित विषय:

  • # एकजनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology