Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोंगबुबाट लागु औषधसहित १९ जना पक्राउ

गोंगबुबाट लागु औषधसहित १९ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७९ बुधवार • १४:५९:०६ बजे
  • 394
    SHARES
  • गोंगबुबाट लागु औषधसहित १९ जना पक्राउ

    गोंगबुबाट अवैध लागुऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् ।

    images

    टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    मगरको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology