Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिमालको आरोहणका लागि वहराइनका राजकुमार काठमाडौंमा

हिमालको आरोहणका लागि वहराइनका राजकुमार काठमाडौंमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १६:४५:०३ बजे
  • 2.8K
    SHARES
  • हिमालको आरोहणका लागि वहराइनका राजकुमार काठमाडौंमा

    बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ ।
    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो ।

    images

    बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।

    जहाज बहराइनबाट राति १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली दुई महिना नेपाल बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology